ओलम्पिक कमिटीले सदस्यता नदिएकोमा ५ संस्थाको आपत्ति

सफल खबर संवाददाता

आइतबार, १६ मंसिर २०८१, १६ : ३६
ओलम्पिक कमिटीले सदस्यता नदिएकोमा ५ संस्थाको आपत्ति

काठमाडौं। कानूनसम्मत आवेदन दिए पनि वर्षौंसम्म नेपाल ओलम्पिक कमिटीले सदस्य नबनाएको भन्दै विभिन्न पाँचवटा संस्थाले आपत्ति जनाएका छन् । विभिन्न खेलसँग सम्बन्धित पाँचवटा खेलकुद संस्थाहरूले आफूहरूलाई सदस्य बनाउन नेपाल ओलम्पिक कमिटीको ध्यानाकर्षण गराएका छन् ।

आइतबार नेपाल रग्बी संघ, नेपाल घोडचढी संघ, नेपाल स्केटिङ तथा स्केडबोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्टवन संघले संयुक्तरूपमा विज्ञप्ति निकाल्दै आफूहरूले कानूनसम्मत रूपमा दिएको सदस्यतालाई कायम गराउन ध्यानाकर्षण गराएका हुन् ।

 

 

 

 

ओलम्पिकमा सहभागी हुने खेलका संस्थाहरू ओलम्पिक कमिटीको सदस्य हुने प्रावधान भए पनि आफूहरूलाई बाहिर राख्न खोजेको भन्दै उनीहरूले विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका हुन् ।३ वटा ननओलम्पिक खेलहरूसमेत नेपाल ओलम्पिक कमिटीको सदस्य रहेको भन्दै उनीहरूले आफूहरूलाई बाहिर राखिनुलाई दुरासयपूर्ण व्यवहार भनेका छन् । 

 

 

‘चार वर्ष सकिएर एक वर्ष थपेको अवधिसमेत सकिइसकेको नेपाल ओलम्पिक कमिटीले सम्मानित अदालतबाट आउने निर्णय नहुन्जेल सदस्यता दिने विषयमा थप निर्णय नगर्न र नेपाल ओलम्पिक कमिटीको आगामी साधारणसभामा हामीलाई समावेश गराउन जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली खेलकुदमा भइरहेको बेथिति र अन्यायको विरुद्ध हामी एकताबद्ध रही नेपालको कानून र अन्तर्राष्ट्रिय ओलम्पिकको चार्टरको अधीनमा रही नेपालको ओलम्पिक मुभमेन्टलाई थप मजबुत र व्यवस्थित बनाउन प्रतिबद्धतासमेत जाहेर गदछौं ।’

मुद्दा चल्दै गर्दा गत वर्ष विशेष साधारणसभा बोलाएर सदस्यता दिने विषयलाई झन् जटिल बनाइएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

यसैले सदस्य बन्न योग्य संस्थाहरूलाई बाहिर राख्न खोज्नु खेदजनक भएको उनीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय रूपमा मान्यता पाएका संघसंस्थालाई आफैं बोलाएर सदस्यता दिनुपर्नेमा पूर्गाग्रही हुनु र पेचिलो बनाइनु खेदजनक भएको उनीहरूको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद्ले समेत सदस्यता किन नदिएको भनेर सम्झाए पनि ओलम्पिक कमिटीले चरम वेवास्ता गरेको उनीहरूको भनाइ छ । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको वडापत्र, राष्ट्रिय ओलम्पीक कमिटीको विधान अनुरूपका वार्षिक रूपमा खेल खेलिनु पर्ने खेल तथा अन्तर्राष्ट्रिय महासंघको आवद्धतासहित निवेदन पेश गरे पनि सदस्यता नदिएको उनीहरूको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति

nullnull

प्रतिक्रिया दिनुहोस