तेलंगाना । छत्तीसगढ र तेलंगानाको सिमानामा रहेको मुलुगु जिल्लामा प्रहरीले सात संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । तेलंगाना प्रहरीका अनुसार ग्रेहाउन्डका सुरक्षाकर्मीहरू र माओवादीहरूबिच खोजी अभियानमा निस्केका बेला भिडन्त भएको थियो ।
घटनास्थलबाट दुई एके ४७ र एउटा इन्सास राइफलका साथै ठुलो परिमाणमा अन्य हतियार, विस्फोटक पदार्थ र दैनिक प्रयोग हुने सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । एक प्रहरी अधिकारीले भने- ‘मुलुगु जिल्लाको चालपाका जंगल क्षेत्रमा बिहान करिब ५ : ३० बजे शङ्कास्पद माओवादीसँग भिडन्त भएको थियो।
एक घण्टाभन्दा बढी समयसम्म चलेको भिडन्तमा माओवादी भद्रुको टोलीका सात सदस्य मारिएका थिए।
मारिनेमा माओवादीका वरिष्ठ नेता कुसराम मङ्गु उर्फ पपन्ना, इगोल्पु मल्लैया उर्फ मधु, मुसाकी देवल, मुसाकी यमुना, जयसिंह र किशोर रहेको प्रहरीले पुष्टि गरेको छ । उक्त क्षेत्रमा अहिले पनि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले अझै केही माओवादी घाइते हुन सक्ने आशङ्का व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत प्रस्थान गरिन परराष्ट्र मन्त्री डा. राणा
भारत, भुटान र माल्दिभ्सका एनसीसी प्रतिनिधिमण्डल शीतल निवासमा
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल