यू–१९ एसिया कपः बंगलादेशविरुद्ध १४१ रनमै रोकियो नेपाल

सफल खबर संवाददाता

आइतबार, १६ मंसिर २०८१, १४ : १५
यू–१९ एसिया कपः बंगलादेशविरुद्ध १४१ रनमै रोकियो नेपाल

काठमाडौं । यूएईमा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशविरुद्ध १४१ रनमा रोकिएको छ । युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा १४१ रनमा समेटिएको हो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन जोडे ।अभिषेश तिवारी र उत्तम मगरले २९–२९ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा बंगलादेशका रिजन हसन, इकबाल हुसेन इमन र अल फहादले दुईदुई विकेट लिए । पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस