एजेन्सी । युद्धविराम घोषणाको केही घण्टा नवित्दै इजरायली सुरक्षा बलले आक्रमण गरको भन्दै युद्धविराम सम्झौता उल्लंघनको आरोप लागेको छ ।
इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा हिज्बुल्लाको अखडामा आक्रमण गरेरे युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लागेको हो । इजरायलले भने युद्धविराम भङ्ग गर्न खोज्नेहरुमाथि कारबाही गरेको प्रतिक्रिया दिएको छ ।
लेबनानी सेनाले इजरायलमाथि बुधबार र बिहीबार कयौं पटक युद्धविरामको उल्लंघनको प्रयास गरेको आरोप लगाएको छ । अमेरिका र फ्रान्सको मध्यस्ततामा भएको युद्धविराम सम्झौताको शर्त अनुसार हिज्बुल्लाहका लडाकु र इजरायली सैन्य बल ६० दिनभित्र दक्षिणी लेबनानबाट हट्नु पर्नेछ ।
त्यसपछि मात्रै लेबनानी सेना र शान्ति सैनिक पूर्ण क्षेत्रमा तैनाथ गरिनुपर्ने शर्त छ । युद्धविराम घोषणापछि इजरायली सेनाले लितानी नदीको उत्तरी क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १४ मंसिर २०८१, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने
पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
इजरायली क्याबिनेटबाट गाजासङ्ग युद्ध विराम स्वीकृत
यमनमा इजरायलले गरेको आक्रमणमा ९ जनाको मृत्यु
इजरायलको शक्तिशाली हमलापछि सिरियाको टार्टसमा ३.१ म्याग्निच्युडको भूकम्प
लेबनानमा युद्धविराम सम्झौताबारे छलफल गर्न इजरायलकाे मन्त्रीपरिषद् बैठक बस्दै