तेल अभिभ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहसँगको लडाई अस्थायी रूपमा रोक्न युद्धविरामको प्रस्तावमाथि छलफल गर्न इजरायलको मन्त्री परिषद्ले छलफल गर्ने भएको छ ।
प्रस्तावित युद्धविराम सुरुमा ६० दिनको लागि हुनेछ । यसमा लेबनानबाट इजरायली सेना फिर्ता ल्याउने विषय पनि संलग्न भएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
यसको बदलामा हिजबुल्लाहले लितानी नदीको दक्षिणमा रहेका आफ्ना लडाकुहरू फिर्ता लैजाने बताइएको छ । यसको सट्टामा त्यहाँ लेबनानी सेनालाई राखिनेछ । सम्झौता पक्का भइसकेको भनेर कूटनीतिज्ञहरूले बताएको भएपनि दुई पक्षबीच भीषण लडाई चलिरहेको छ ।
इजरायलले गरेको हवाई हमलामा दक्षिण लेबनानमा ३१ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले भनेका थिए । हिजबुल्लाहले पनि इजरायलमाथि एक पछि अर्को गर्दै रकेट प्रहार गरिरहेको छ ।
मंगलबार बस्ने मन्त्री परिषद्को बैठकमा इजरायली मन्त्रीहरूले सम्झौतामा मतदान दिने अपेक्षा गरिएको भन्दै इजरायली पत्रिका हारित्जले समाचार छापेको छ । बैठक सम्झौताको मूल पाठलाई अनुमोदन गर्न बस्न लागेको इजरायली वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले समाचार छापेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिनको सुरक्षित रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छः इजरायली राष्ट्रपति
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने
पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
इजरायली क्याबिनेटबाट गाजासङ्ग युद्ध विराम स्वीकृत
यमनमा इजरायलले गरेको आक्रमणमा ९ जनाको मृत्यु
इजरायलको शक्तिशाली हमलापछि सिरियाको टार्टसमा ३.१ म्याग्निच्युडको भूकम्प