काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा शनिबार तीन जना मृत भेटिएका छन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नर बहादुर राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, टोखा नगरपालिका-१० खरिबोटस्थित सत्कार खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुन कुमार राई सोही पसलको सटर अगाडि मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
यस्तै, दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको जंगलको पानी ट्याङ्की नजिक खोल्सामा पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । उता सिन्धुपाल्चोक र दाङमा पनि एक/एक जना मृत फेला परेका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ रतनकोट बस्ने ७० वर्षीय टिका बहादुर विश्वकर्मा त्रिपुरासुन्दरी गाउँपालिका-३ तारकेनीस्थित हुन्दुङ खोल्साको किनारमा मृत अवस्थामा फेला प्रहरीले जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिका-१२ डाँडागाउँ बस्ने ५२ वर्षीय बुद्दिराम चौधरी सोही ठाउँस्थित कुलोको छेउमा शनिबार मृत अवस्थामा फेला प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ मंसिर २०८१, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
पाँच दिनदेखि बेपत्ता युवक मृत फेला
प्रहरी हवल्दार मृत फेला
मृत भेटिए दक्षिण कोरियाली गायक
बर्दियामा मृत अवस्थामा पाटेबाघ फेला
मधेश भवनमै सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला