काठमाडौं। गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् ।
'चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौं', गृहमन्त्री लेखकले भने, 'चुनाव जितिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ ।'गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने समेत बताए ।
'लोकतन्त्रमा जनताका अधिकारहरूको सुरक्षा गर्ने,स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो', गृहमन्त्री लेखकले थपे, 'त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ। यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ । त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भूमिका महत्त्वपूर्ण छ ।'
उनले स्थानीय सरकारले सहज ढंगले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए । देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपले लागिरहेको पनि गृहमन्त्री लेखकको भनाइ छ । 'एकै महिनामा परिणाम आउँदैन । सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ', गृहमन्त्री लेखकले भने, 'हामी अत्यन्तै मिहिनेतका साथ काम गरिराखेका छौं ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थामाथि प्रहार गर्नेलाई क्षम्य हुँदैन : गृहमन्त्री लेखक
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन : गृहमन्त्री लेखक
राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : गृहमन्त्री
तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री