काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । मंगलबार उपसभापति डोलप्रसाद अर्यालले आकस्मिक रुपमा बोलाएको बैठक बहुमत नपुगेपछि अनौपचारिक रुपमा बसेर सकिएको थियो ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बैठक आज बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा ३ बजे हिजोको बैठकलाई निरन्तरता दिने गरि बस्न लागेको जानकारी दिएका छन् । बैठकमा समसामयिक राजनीति गतिबिधि, पार्टीको आगामी कार्यदिशाको विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।
रास्वपामा सभापति रवि लामिछाने पक्राउको विरुद्धमा गर्ने भनिएको आन्दोलन बारे विवाद रहेको छ । सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै आन्दोलित रहेको रास्वपामा आन्दोलनलाई निरन्तरता दिने की नदिने भन्नेमा विवाद रहेकाले आन्दोलन प्रभावकारी हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार