काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि डंगोलले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै कीर्तिपुर नगरपालिका १ नम्बर वडा अध्यक्षमा कांग्रेसबाट इच्छा महर्जन र ४ नम्बर वडा अध्यक्षमा राजेन्द्र बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गर्ने समय साँझ ५ बजेसम्म तोकिएको छ । आगामी मंसिर १६ गते विभिन्न स्थानीय तहका ४२ पदका लागि मतदान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ मंसिर २०८१, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने कांग्रेसको निर्णय
काँग्रेसद्वारा स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
कांग्रेस महाधिवेशन कहिले ?
जसपाले समर्थन गर्छ, राष्ट्रिय सभाबाट अध्यादेश ढुक्कले पारित हुन्छ : कांग्रेस
कांग्रेस संसदीय दलको बैठक बस्दै