विशेष उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने बरूण विभरेजलाई सम्मान

सफल खबर संवाददाता

शनिबार, ०१ मंसिर २०८१, १४ : ५७
विशेष उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने बरूण विभरेजलाई सम्मान

काठमाडौं। बरूण विभरेज नेपाल सबैभन्दा बढी कर तिर्ने विशेष उद्योगको रूपमा सम्मानित भएको छ । शनिबार आन्तरिक राजस्व विभागले विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै बरूण विभरेजलाई सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बरुण विभरेज नेपालका फाइनान्स डाइरेक्टर सञ्जीव अरोडालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सम्मान पत्र प्रदान गरेका हुन् ।

 

 

 

 

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागू भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस