काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन् ।
सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला गृहमन्त्री लेखकले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई यात्रु वाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नदिन, मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिन लगायत सवारी दुर्घटना न्यूनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन निर्देशन दिएका हुन् ।
‘सडक सुरक्षा कायम प्रहरी प्रमुख मार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देश गरेको छु,’ गृहमन्त्री लेखकले भने, ‘सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अपनाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थामाथि प्रहार गर्नेलाई क्षम्य हुँदैन : गृहमन्त्री लेखक
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुन सक्दैन : गृहमन्त्री लेखक
राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : गृहमन्त्री
तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ : गृहमन्त्री