काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई समयमा मागेको विवरण नदिएको भन्दै पूरक स्पष्टीकरण सोधेको छ।
असोज २२ गते सोधिएको १५ बुँदे स्पष्टीकरणको जवाफ नआएपछि तिहारअघि नै थप ६ बुँदे पूरक स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।प्राधिकरणसँग पछिल्ला ४ वर्षका ठेक्का लगायतका विवरण १५ दिनभित्र (कात्तिक ८ गते) बुझाउन भनिएको थियो। तर, घिसिङले चाडपर्वका कारण विवरण सङ्कलन गर्न नसकेकाले भन्दै थप समय मागे पनि सो भित्रसमेत जानकारी उपलब्ध नगराएसँगै थप स्पष्टीकरण सोधिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ कार्तिक २०८१, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्छौँ : कुलमान घिसिङ
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
उद्योगमा पुनः बिजुली नजोड्न हालिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
तिहारमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ
उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण
कुलमानको तीन वर्षे कार्यकाल पूरा, यस्ता छन उपलब्धि (पूर्णपाठ)