काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिएका छन् ।छिमेकी देश चीन भ्रमणमा जान लागेका मुख्यमन्त्री आचार्यले आफू नफर्किँदासम्मको लागि मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री आचार्यले कार्तिक २५ गते आज आइतबारदेखि लागू हुने गरी लुम्बिनी प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ पछिल्लो संशोधनको नियम १४ को उपनियम ३ बमोजिम मन्त्री ढकाललाई कार्यवाहक मुख्यमन्त्रीको कार्यसम्पादन गर्ने गरी जिम्मेवारी तोकेका हुन् । नेपालको संविधान र अन्य प्रचलित कानुनको अधीनमा रही तोकिएको कार्य जिम्मेवारी सम्पादन गर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य
‘एक घर, एक धारा अभियानले खानेपानीमा पहुँच सुनिश्चित’
लुम्बिनी प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैन : मुख्यमन्त्री आचार्य
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने अवस्था आयो: मुख्यमन्त्री आचार्य
वैकुण्ठ धाम निर्माण योजना प्रदेश सरकारको प्राथमिकता छ : मुख्यमन्त्री आचार्य