तनहुँ । सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् । तमु(गुरुङ) विद्यार्थी छोज धिको आजदेखि तनहुँको दमौलीमा सुरु भएको १२औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले भाषा,सस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताएका हुन् ।
मन्त्री गुरुङले घरमै आफनो भाषा बोल्ने संस्कृतिको बिकास गर्न सकेमा भाषा संरक्षणमा योगदान पुग्रे बताउँदै छोराछोरीसँग बोल्दा आमाबुबाले मातृभाषा बोल्नेपर्नेमा जोड दिए।
सरकारका प्रबक्ता मन्त्री गुरुङले गुरुङ जातिको मात्र नभई हरेक जनजातिको भाषा संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए छ।उनले युवाहरुलाई स्वदेशमै बसेर काम गर्नुपर्ने र त्यसको लागि आत्मनिर्भर बन्ने बाटोतर्फ अगाडि बढनु पर्ने धारण राखे ।
‘देशमै बसेर केही गर्ने सकिन्छ भन्ने भावना बोकेर अगाडि बढन युवालाई मेरो आग्रह छ।त्यसका लागि प्राबिधिक शिक्षा पढ्न आवश्यकता छ जसले आफ्नो खुट्टामा अभिन सघाउ पुग्नेछ । ’उनले भने ।
फरक प्रसंगमा बोल्दै उनले नेपालको निजामती सुरक्षा निकाय बैंकिङलगायत सबै क्षेत्रमा गुरुङ समुदाय पछाडि परेको र यसमा लाहुरे संस्कृति बाधक रहेको जिकिर गरे।मन्त्री गुरुङले भने,‘ लाहुरे संस्कृतिले राज्यका निकायमा प्रतिनिधित्व कमजोर बन्यो यस विषयमा गम्भीर भएर सोचौं र गुरुङ जातीका संघसंस्थाबाट आएका व्यक्ति नेपालको राष्ट्रिय राजनीतिमा आउनुपर्छ । यी संघसंस्था हाम्रो शक्ति केन्द्र हुन् यहाँबाट उत्पादन भएका हरेक व्यक्ति नेपालको राजनीतिमा आउनुपर्ने भएको छ। तमु(गुरुङ)विद्यार्थी संगठनमा रहेका युवाहरुले देशको प्रधानमन्त्री,सचिव भने बन्ने सपना देख्नुपर्छ । ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ कार्तिक २०८१, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ
सहकारी ठगीमा छानविनका दायरामा परेका सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ
देशलाई आर्थिक संकटबाट जोगाउन काँग्रेस-एमालेको सरकार बनेको हो : सञ्चारमन्त्री गुरुङ
राजनीतिक अपराधिकरण बढ्न थाल्यो : सञ्चारमन्त्री गुरुङ
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न काँग्रेस सांसदको माग
सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट