तनहुँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् । तमु विद्यार्थी छोंज धींको आजदेखि दमौलीमा सुरु भएको बाह्रौँ महाधिवेशनको उद्घाटन गदै उनले भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताए ।
मन्त्री गुरुङले घरबाटै आफ्नो भाषामा बोल्ने संस्कृतिको विकास गर्नसकेमा भाषाको संरक्षणमा योगदान पुग्ने भदै छोराछोरीसँग बोल्दा आमाबाबुले मातृभाषामा बोल्नुपर्नेमा जोड दिए । सरकारका प्रवक्ता मन्त्री गुरुङले गुरुङ जातिको मात्र नभई हरेक जातजातिको भाषा संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
उनले युवाहरू स्वदेशमै बसेर काम गर्नुपर्ने र त्यसका लागि आत्मनिर्भर बन्ने बाटोतर्फ अगाडि बढ्नुपर्ने धारणा राखे । “देशमै बसेर केही गर्न सकिन्छ भन्ने भावना बोकेर अगाडि बढ्न युवालाई मेरो आग्रह छ । त्यसका लागि प्राविधिक शिक्षा पढ्न आवश्यकता छ, जसले आफ्नो खुट्टामा उभिन सघाउ पुग्नेछ”, मन्त्री गुरुङले भने ।
एक अर्को प्रसंगमा उनले नेपालको निजामती, सुरक्षा निकाय, बैंकिङलगायत सबै क्षेत्रमा गुरुङ समुदाय पछाडि परेको र यसमा लाहुरे संस्कृति बाधक रहेको जिकिर गरे । मन्त्री गुरुङको भनाइ थियो,“लाहुरे संस्कृतिले राज्यका निकायमा प्रतिनिधित्व कमजोर बन्यो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २४ कार्तिक २०८१, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहुरे संस्कृतिले गुरुङ समुदाय पछि परे : सञ्चारमन्त्री गुरुङ
सहकारी ठगीमा छानविनका दायरामा परेका सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ
देशलाई आर्थिक संकटबाट जोगाउन काँग्रेस-एमालेको सरकार बनेको हो : सञ्चारमन्त्री गुरुङ
राजनीतिक अपराधिकरण बढ्न थाल्यो : सञ्चारमन्त्री गुरुङ
सञ्चारमन्त्री गुरुङलाई बर्खास्त गर्न काँग्रेस सांसदको माग
सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट