विराटनगर । कोशी प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री लीलाबल्लभ अधिकारीले नेकपा एमाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्न पार्टीमा निवेदन दिएका छन् ।
नेकपा एमालेको प्रतिनिधि परिषद् सदस्य रहेका अधिकारीले नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी पाउँ भन्दै निवेदन बुझाएका हुन् ।
जापान भ्रमणको सिलसिलामा उठेको सार्वजनिक टीकाटिप्पणी र आरोप प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भई त्यस बारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पद मुक्त गरिदिन उनले निवेदनमा भनेका छन् ।
‘आफूले आन्तरिक मामिला तथा कानुन मन्त्रीको पदबाट राजीनामा बुझाई सकेको पार्टी परिवारलाई अवगत नै छ, उनले बुझाएको निवेदनमा भनिएको छ, म माथि उठेका सार्वजनिक टिका टिप्पणी र आरोपको सत्य तथ्य छानबिनमा सहयोग पु¥याउने उद्देश्यले अनुसन्धान तथा छानबिनको अन्तिम टुङ्गो नलागेसम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी पाउँ ।’
उनले संसदीय जिम्मेवारीको बारेमा भने केही उल्लेख गरेका छैनन् । आफू निर्वाचित सदस्य भएकोले जनताद्वारा निर्वाचित सदस्यको हैसियतले आफू प्रदेश सभा सदस्यको जिम्मेवारीमा भने रहने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, २० : २३
लेखकबाट थप