बुटवल। रूपन्देहीको दक्षिणी सीमा क्षेत्रबाट राजस्व छलीको आशंकामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको गाडीमा ढुंगामुढा भएको छ । बिहीबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका–२ स्थित मुझानमा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको हो ।
रूपन्देही प्रहरी प्रवक्ता लक्ष्मी खनालले ११२ बोरा राजश्व छलेर ल्याएको चिनी नियन्त्रणमा लिएपछि सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको बताइन् ।
सोही स्थानका ३२ वर्षीया ३२ वर्षीय दीलिप लोधको घरमा खानतलासी गर्दा ११२ बोरा चिनी राजस्व छलेको आशंकामा नियन्त्रणमा लिएर फर्किने क्रममा १५०/२०० जना स्थानीयले बाटो अवरोध गरेर चिनी लुटपाट गर्ने मनसायले सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा गरेको खनालले बताइन् ।
स्थानीयको भिडले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश लुम्बिनी रूपन्देहीको ना १ झ १४७७ नम्बरको गाडीको दाँयातर्फको झ्यालको दुइटा सिसा फुटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ कार्तिक २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाउँपालिका उपाध्यक्षले फोडिन् अध्यक्षको गाडी
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो