काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ। नेता ‘प्रकाण्ड’ले अध्यक्ष ‘प्रचण्ड’लाई आज खुमलटार पुगेर भेटवार्ता गरेका हुन्।
‘प्रचण्ड’सँग नेता ‘प्रकाण्ड’ले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमदेखि समाजवादी मोर्चालगायतको विषयमा छलफल गरेको जनाएका छन्। नेकपाका महासचिव ‘विप्लव’ माओवादीसँग पार्टी एकता गर्न तयार भइरहेको बेलामा ‘प्रकाण्ड’ खुमलटार पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ समीकरणको परिपक्व आधार बन्दैछ, देउवाजी फर्किएपछि थप कुरा हुन्छ : प्रचण्ड
गोरखा पुगे प्रचण्ड (तस्बिरहरू)
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
मुलुकलाई प्रतिगमनतिर फर्काउने दिवा सपना नदेख्नु : प्रचण्ड
वर्तमान संकट कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छन् : प्रचण्ड