एजेन्सी । राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले राम्रो प्रदर्शन गरेपछि उनको टोलीमा उत्साह देखिएको छ। नतिजा हेर्न ट्रम्प र कमला ह्यारिसका समर्थकहरू भेला भएर बसेका छन्।
मतदान सकिँदै गर्दाको क्षण ट्रम्प आफ्नै घर मार ए लागोमा छन्। उनका निकटस्थहरूले स्याम्पेनको चुस्की लिँदै फक्स न्युजमा नतिजा हेरिरहेको न्युयोर्क टाइम्सले जनाएको छ।
उनका पाहुनाहरूमा इलोन मस्क, रोबर्ट केनेडी जुनिययर, क्याटलिन जेनर, एडुवार्डो बोल्सोनारो, नाइजल फराज, मार्जोरी टेल ग्रिनलगायत छन्। त्यस्तै ट्रम्पको परिवारका सदस्यहरू पनि छन्।
उनका समर्थकहरू पाम बिच कन्भेन्सन सेन्टरमा भेला भएका छन्। जहाँ उत्साहको माहोल छ। पेन्सिलभेनियामा ट्रम्पले ह्यारिससँगको दूरी घटाएको घोषणा हुँदा हलमा वाहवाही गुञ्जिएको थियो।
यो भेलामा ट्रम्पले सम्बोधन गर्न सक्ने बताइएको छ ।अर्कोतिर वासिङ्टनस्थित होवार्ड युनिभर्सिटीमा ह्यारिसका समर्थकहरू भेला भएका छन्। जहाँ डीजेहरूले प्रस्तुति दिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २१ कार्तिक २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड
अमेरिकी राष्ट्रपति ट्रम्पले १०४ प्रतिशत पुर्याए कर
नेतन्याहु र ट्रम्पबीच भेटवार्ता, यस्ता छन् प्रतिक्रिया
राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकामा प्रदर्शन
व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा