एमसीसी परियोजनाका कार्यकारी निर्देशकलाई पुनर्विचार गर्न पत्राचार

सफल खबर संवाददाता

बुधबार, १४ कार्तिक २०८१, १५ : ५९
एमसीसी परियोजनाका कार्यकारी निर्देशकलाई पुनर्विचार गर्न पत्राचार

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी परियोजनाका कार्यकारी निर्देशकलाई पुनर्विचार गर्न भन्दै पत्राचार गरेको छ ।

नेकपाको सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज भरत सीले बुधवार एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई पत्राचार गर्दै परियोजनामा संलग्नताबारे पुनर्विचार गर्न अनुरोध गरेको हो ।

इञ्जार्च सीले गरेको पत्राचारमा भनिएको छ, ‘यो परियोजनामा तपाईँको संलग्नताबारे पुनर्विचार गर्न अनुरोध गर्दछौ र यसले ल्याउने दीर्घकालीन भयावह परिणामलाई मध्यनजर गर्दै समयमै ध्यान दिन जरुरी ठान्दछौ ।’

एमसीसी परियोजना अत्यधिक विवादित परियोजना र यसले नेपाललाई विश्व शक्तिकेन्द्रको खेलमैदान तथा द्वन्द्व स्थल बनाउने स्पष्ट रहेको नेकपाले पत्रमा उल्लेख गरेको छ । साथै देशको शान्ति र समृद्धिका लागि यथास्थितिमा एमसीसी परियोजना लागू गर्नु घातक हुने नेकपाको ठहर छ ।

 

Tags :    

प्रतिक्रिया दिनुहोस