काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन शुक्रवार बस्ने कार्यदलको बैठकमार्फत टुङ्गो लगाउने भएको छ । असार तेस्रो साता पार्टीको दशौँ महाधिवेशन गरेको सो पार्टीले झन्डै ५ महिनापछि नेताहरूको कार्य विभाजन गर्न लागेको हो ।
जसमा प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज, विभागीय प्रमुख, आयोग र जनसङ्गठन इन्चार्जलगायतको जिम्मेवारी तोक्न बाँकी छ । महाधिवेशनमा असन्तुष्ट रहेका नेताहरूलाई समेत समेटेर कार्य विभाजन गर्न लागेको नेताहरूले बताउँदै आएका छन् ।
नेता जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, रामकुमारी झाँक्री लगायतका नेताहरूले पार्टीमा उचित जिम्मेवारी बाँडफाँड हुन सकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
सो पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्य विभाजन गर्ने बताउँदै आएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।
पार्टी संरचनामा कार्य विभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
एकीकृत समाजवादी रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा
एकीकृत समाजवादीद्वारा बैठक आह्वान
एकीकृत समाजवादीद्वारा बैठक आह्वान