काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सुमना श्रेष्ठले आन्दोनलाई कमजोर बनाउन सरकारले तर्साउन र धम्क्याउन सक्ने भन्दै त्यसको प्रतिवाद गर्न नेता कार्यकर्तालाई निर्देशन दिएकी छन् ।
रास्वपाकी सहमहामन्त्री समेत रहेकी श्रेष्ठले बालुवाटारमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै विरोधका कार्यक्रम जारी राख्ने बताइन् । उनले भनिन्, ‘हामीलाई अब दबाउन, थर्काउन खोज्छन्, हामीलाई कमजोर बनाउने प्रयास गर्छन् । त्यसका लागि देश परिवर्तन गर्न हिँडेका हामीले दुस्ख दिनेहरूको प्रतिकार गर्ने आँट गर्नुपर्छ ।’
उनले रास्वपालाई तर्साउने र धम्क्याउने नछाड्ने र छानी-छानी प्रतिशोध साँध्ने काम हुने भएकाले प्रतिरोधका लागि तयार रहन आग्रह गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ कार्तिक २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा
यस्तो छ सुमनाको राजीनामा प्रस्ताव
सरकारलाई सुमनाको आग्रह : ‘लोक सेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्नु’
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गर्न सांसद सुमना श्रेष्ठको माग
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : सुमना श्रेष्ठ
सुमनाको प्रश्न-सरकारले युवाको आवाज सुन्छ ?