काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले लोक सेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह गरेकी छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले लोक सेवा आयोगका प्रमुखलाई सम्झिएकी हुन् ।
‘सुशासन सम्बन्धी विधेयकमा छलफल गर्दै गर्दा हालका प्रमुख आयुक्त (लोक सेवा आयोगका प्रमुख आयुक्त माधव रेग्मी) ले समितिको बैठकमा ‘मैले सय जना कर्मचारीलाई केही गर्न सकेको छैन संघ संगठनका कारणले भन्नुभएको छ,’ सांसद सुमनाले जानकारी गराइन् ।
लोक सेवा आयोगलाई काम गर्न सहज हुने र सुशासन कायम गर्न सहयोग पुग्ने गरी ऐन बन्नुपर्नेमा सांसद सुमनाको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ चैत्र २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गर्न सांसद सुमना श्रेष्ठको माग
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : सुमना श्रेष्ठ
सुमनाको प्रश्न-सरकारले युवाको आवाज सुन्छ ?
त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ: सुमना श्रेष्ठ
डीन र क्याम्पस प्रमुखमा पनि दलीय भागबन्डा खोज्नु अक्षम्य अपराध हो : सुमना श्रेष्ठ
हामीलाई तर्साउन र धम्क्याउन खोज्छन्, प्रतिरोधका लागि तयार रहनू : सुमना श्रेष्ठ