जंगली च्याउ खाँदा ५ जना बिरामी

सफल खबर संवाददाता

सोमबार, ०३ असार २०८१, १० : २१
जंगली च्याउ खाँदा ५ जना बिरामी

तनहुँ । जंगली च्याउ खाँदा तनहुँमा ५ जना बिरामी परेका छन् । 

आँबुखैरेनी गाउँपालिका वडा नं. ६ हिलेखर्क स्थितमा ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिरामी पर्नेमा डिलबहादुर गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन् । 

उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  दीपक कुमार रायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस