काठमाडौ । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन वासिङ्टन पुगेका छन्।
उनलाई डुलेस अन्तर्राष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरे।
बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।
पौडेलले अमेरिकी उद्यमी-व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यमान समस्याको हल हुनेगरी बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल
राष्ट्र बैंकका मौद्रिक नीतिका व्यवस्थामा सरकारले हस्तक्षेप गर्न मिल्दैन: अर्थमन्त्री
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह