स्रोत नखुलको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १२ : ४६
स्रोत नखुलको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको  कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नगद २० लाख ५० हजार भारतीय रुपैयाँसहित उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन् ।

अस्थायी प्रहरी पोस्ट लिङ्गेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रुपैयाँ र यूप ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको बताइएकोछ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस