काठमाडौँ । नेपाल प्रहरीले लागुऔषधसहित विभिन्न स्थानबाट कम्तीमा ८ जनालाई पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ तिनताप्केस्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब ७१ किलोग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-९ खैराङ बस्ने २० वर्षीय मिलन घलान र २६ वर्षीय दावा थिङ रहेका छन् । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ३०५९ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक मिलन र बोलेरोमा सवार दावालाई पक्राउ गरेको हो ।
झापा, कमल गाउँपालिका-७ ठुलोबाह्रघरे बस्ने ३८ वर्षीय संदेश बस्नेतलाई नियन्त्रित लागुऔषध ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पासेन ५ हजार २६ क्याप्सुल र डेकोलिक ४ सय २० क्याप्सुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बाह्रघरे र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, गौरीगंज गाउँपालिका-१ भन्सार चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित ३ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोबिन्द राजवंशी र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी कुन्जिबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडा कटानबाट अवैध लागुऔषध ब्राउनसुगर ६ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय कमल सिंह बन्जारा थारू र लम्किचुहा नगरपालिका-५ बस्ने ३५ वर्षीय काशिराम खड्का रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
अपहरण गरी फिरौती रकम माग गर्ने दुई जना पक्राउ
सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादव पक्राउ
पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ
स्रोत नखुलेको ६२ लाख रकमसहित ३ भारतीय पक्राउ
कपिलवस्तुमा बाघको छालासहित एक जना पक्राउ