बेजिङ । चीनले विश्वकै सबैभन्दा छिटो दगुर्ने रोबोट बनाएको छ । रोबोट एरा नाम गरेको कम्पनीले स्टार१ रोबोट बनाएको छ । यो रोबोट अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनीले बनाएको अप्टिमस रोबोटभन्दा पनि छिटो दौडिने बताइएको छ । यो रोबोट प्रतिघण्टा १३ किमीको दरले दौडिन सक्छ । यो यसको सबैभन्दा उच्च गति हो।
रोबोट ५ दशमलव ६ फिट लामो छ भने यसको तौल ६४ केजी रहेको छ । स्टार१ रोबोटले युनिट्रीको एच१ रोबोटको रेकर्ड तोडेको छ । सन् २०२४ को मार्चमा प्रतिघण्टा १२ किमीका दरको गतिमा दौडिएर सो रोबोटले नयाँ रेकर्ड बनाएको थियो ।
स्टार१ रोबोट विश्वमै सबैभन्दा छिटो दगुर्ने रोबोट मेशिन भएको दाबी कम्पनीले गरेको छ । कम्पनीले यसको एउटा प्रोमोशनल भिडियो पनि शेयर गरेको थियो ।
मरुभूमिमा परीक्षण
भिडियो चीनको गोबी मरुभूमिमा खिचिएको हो । यसमा दुई वटा स्टार१ रोबोट जुत्ता लगाएर एक अर्कासँगै दौडको बाजी लगाइरहेका देखिन्छन् । यहाँ वैज्ञानिकहरूले रोबोट पनि स्निकर लगाएर दौडिन सक्छ भन्ने देखाउन खोजेका थिए । रोबोटलाई ऊर्जा दिन हाइ–टर्क मोटर र एआई अल्गोरिदमको प्रयोग गरिएको थियो ।
जुत्ता लगाएर दौडिएका यी रोबोट बालुवा, घाँस र उबडखाबड ठाउँमा पनि दौडिएका थिए । स्टार! ह्युमनोइड रोबोट हो । झट्ट हेर्दा यो मान्छे जस्तै देखिन्छ । टेस्ला समेत अन्य कयौं कम्पनीहरुले यस्तै खालको रोबोट बनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीएण्डबी अस्पतालमा गरियो पहिलोपटक रोबोटबाट सर्जरी