प्युठान । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । आइतबार लु २७ प ९१३४ नम्बरको मोटरसाइकल ऐरावती गाउँपालिका ६ टिकारीस्थित हरिया खोलाबाट बरौला जाने बाटोमा अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय वर्ष २७ का नवराज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक निरञ्जन रिजालले चालक श्रेष्ठको उपचारका क्रममा जिल्ला अस्पताल प्युठानमा मृत्यु भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ कार्तिक २०८१, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु