स्रोत नखुलेको साढे ८ लाख रकमसहित एक जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०२ कार्तिक २०८१, १२ : ५१
स्रोत नखुलेको साढे ८ लाख रकमसहित एक जना पक्राउ

काठमाडौं। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गजुरा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाई रहेका छन् । 

 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोली उनलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट स्रोत नखुलेको नगद, ५ थान विभिन्न बैंकको एटीएम कार्डलगायत सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीउपर हुण्डीसम्बन्धी कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस