मोरङका एसपी हेडक्वार्टर तानिए, राजन लिम्बुलाई जिम्मेवारी

सफल खबर संवाददाता

शुक्रबार, ०२ कार्तिक २०८१, १२ : ३२
मोरङका एसपी हेडक्वार्टर तानिए, राजन लिम्बुलाई जिम्मेवारी

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । मोरङमा सरुवा भएको ८ महिनामा उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो । उनलाई फिर्ता बोलाउनुको कारण खुलाइएको छैन ।

मोरङमा प्रहरी उपरीक्षक राजन लिम्बुलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । लिम्बु प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए । कार्कीलाई उनको ठाउँमा ल्याइएको छ । नवराज कार्की २०८० फागुन २ मा मोरङ गएका थिए । 

प्रतिक्रिया दिनुहोस