कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

सफल खबर संवाददाता

विहीबार, ०१ कार्तिक २०८१, १९ : ४१
कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौँ । एमाले र काँग्रेस नेतृत्वको कोशी प्रदेश सरकारले आज आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।

नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन असोज गठित कार्यदलले बुझाएको न्यूनतम साझा कार्यदल सार्वजनिक भएको हो ।

असोज ६ गते प्रदेश सरकारका २ जना मन्त्रीसहित ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा काँग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए ।

प्रतिक्रिया दिनुहोस