कोशी सरकारले गर्‍यो एकै दिन कूल बजेटको ६ प्रतिशत बढी खर्च

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १६ : ३३
कोशी सरकारले गर्‍यो एकै दिन कूल बजेटको ६ प्रतिशत बढी खर्च

काठमाडौं।  कोशी प्रदेश सरकारले एक दिनमै कूल बजेटको ६ प्रतिशत बढी रकम खर्च गरेको छ । असार २३ गतेसम्म कूल बजेटको ७१ प्रतिशत खर्च गरेको प्रदेश सरकारले सरकारी खाता बन्द हुने अन्तिम दिन मात्रै ६ प्रतिशत खर्च गरेको हो । 

असार महिनामा मात्रै  ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार ४४१ रुपैयाँ खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी ऋषि कुमार पोख्रेलले बताए ।कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आवमा कम खर्च गरेको छ  । चालु आवमा ७७ प्रतिशत मात्रै खर्च गरेको छ । अघिल्ला आवहरूमा ८० प्रतिशत भन्दा बढी खर्च हुने गरेको थियो ।

कोशी प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार यसपालि चालूतर्फ १२ अर्ब ७२ लाख खर्च गरेको छ । २३ गतेसम्म ११ अर्ब ७४ करोड ३६ लाख ५५ हजार ४१० खर्च गरेको थियो । तर, एकै रातमा झन्डै एक अर्ब भुक्तानी गरेको हो ।

यस्तै पूँजीगततर्फ १६ अर्ब ३६ करोड खर्च गरेको छ । यो  ३८.३६ प्रतिशत हो  । २३ गतेसम्म १४ अर्ब ३२ करोड ६ लाख ३२ हजार ४५२ रुपैयाँ खर्च गरेको प्रदेश सरकारले एकै दिनमा झन्डै २ अर्ब भुक्तानी गरेको हो ।

 

 

 

 

 

 

 

यस्तै प्रदेशको हालसम्मको जम्मा खर्च २८ अर्ब ३६ करोड ७८ लाख ७६ रुपैयाँ रहेको छ । आइतबारसम्म जम्मा खर्च २६ अर्ब ६ करोड ४२ लाख ८७ हजार ८६३ रुपैयाँ खर्च गरेको थियो ।

प्रदेशमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजारको बजेट कार्यान्वयनमा गएको थियो । कोशी प्रदेशको चालूतर्फ १६ अर्ब ३९ करोड ६५ लाख ९२ हजार रुपैयाँ, पूँजीगततर्फ २० अर्ब ४१ करोड २४ लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस