एजेन्सी । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट भने नआएको अधिकारीहरुले बताएका छन्।
बुधबार बिहान स्थानीय समयानुसार १०ः४६ बजे मालात्या प्रान्तको काले शहर केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
यस क्षेत्रमा सन् २०२३ मा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले टर्की नराम्ररी प्रभावित भएको थियो। त्यो भूकम्पबाट टर्कीमा ५३ हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको थियो। भूकम्पले छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो।
‘हालको ५.९ रेक्टरस्केलको भूकम्पबाट अहिलेसम्म कुनै जनधनको क्षति भएको विवरण आएको छैन,’ एएफएडी विपद् व्यवस्थापन एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ।
भूकम्पबाट एक सय ८७ जना प्रभावित भएका छन्। तीमध्ये ४३ जना अस्पतालमा ‘निगरानीमा’ रहेका अधिकारीहरुले बताएका छन्।
भूकम्पपछि प्रान्तीय गभर्नरले सबै प्राथमिक र माध्यमिक विद्यालय एक दिनका लागि बन्द हुने जनाएका छन्।
भूकम्पको कम्पन दक्षिणपूर्वतर्फ लगभग एक सय ४० किलोमिटर (करिब ९० माइल) टाढा रहेको दियारबकिरसहित क्षेत्रका केही ठूला शहरमा बलियोसँग महसुस गरिएको थियो।
टर्किस् टेलिभिजन स्टेशनहरूले प्रसारण गरेका तस्वीरहरुमा धेरै शहरका बासिन्दा भूकम्पपछि सडकमा निस्किएको देखाइएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ कार्तिक २०८१, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताइवानमा शक्तिशाली भूकम्प
डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु
आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी
लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त
चीनमा भूकम्पः हालसम्म १२ सयभन्दा बढी परकम्प