दुुई महिनामा भित्रियो दुई अर्ब ७१ करोड वैदेशिक लगानी

सफल खबर संवाददाता

विहीबार, ०१ कार्तिक २०८१, ०७ : ५१
दुुई महिनामा भित्रियो दुई अर्ब ७१ करोड वैदेशिक लगानी

काठमाडौ । चालु आर्थिक वर्षको दुुई महिनामा पौनै तीन अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउन र भदौमा मुलुकमा दुुई अर्ब ७१ करोड रुपियाँ भित्रिएको हो । अघिल्लो वर्ष सो अवधिमा तीन अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । गत वर्षको तुुलनामा २९ करोड रुपियाँ कम वैदेशिक लगानी भित्रिएको हो ।  

यस्तै दुुई महिनामा खुुद पुुँजीगत ट्रान्सफर एक अर्ब २० करोड रुपियाँ कायम  भएको छ । अघिल्लो वर्ष सो अवधिमा खुद पुुँजीगत ट्रान्सफर ८५ करोड आठ लाख रुपियाँ कायम भएको थियो ।

उद्योग विभागका अनुसार भदौमा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । नेपालमा लगानी गर्ने भनेर आठ अर्ब ९७ करोड रुपियाँ लगानी प्रतिबद्धता आए पनि भित्रिने रकम भने न्यून रहेको तथ्याङ्कले देखाएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस