एजेन्सी । अमेरिकास्थित क्यालिफोर्नियाको कोचेलामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको र्यालीनजिकै एक व्यक्तिलाई पक्राउ गरिएको छ।
ती व्यक्तिको साथबाट एउटा सट गन, एउटा ह्यान्ड गन (बन्दुक) र नक्कली राहदानी बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका ४९ वर्षीय व्यक्तिको नाम वेम मिलर हुन्।
कालो रङको एसयूभी चलाउँदै गर्दा सुरक्षाकर्मीले उनलाई सुरक्षा चौकीनजिकै रोकेर जाँच गर्दा उनको साथमा हतियार फेला परेपछि पक्राउ गरिएको हो।
रिभरसाइड काउन्टी प्रहरी कार्यालयले मिलरलाई हिरासतमा लिइएको जनाएको छ। मिलरलाई लोडेड बन्दुक र उच्च क्षमताको गोलाबारुद राखेको अभियोग लगाइएको छ।
अमेरिकी गुप्तचर सेवाले डोनाल्ड ट्रम्पको सुरक्षामा कुनै खतरा नरहेको बताएको छ। स्थानीय प्रहरीले पक्राउ परेका अभियुक्तलाई ‘मानसिक सन्तुलन’ नभएको बताएको छ।
प्रहरी कार्यालयका अनुसार यो घटनाले ट्रम्पको सुरक्षा वा र्यालीमा उनको उपस्थितिमा कुनै फरक परेको छैन।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २८ असोज २०८१, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुस–युक्रेन युद्धमा ट्रम्पले पुटिनलाई दिए यस्तो चेतावनी
शपथ ग्रहण अघि ट्रम्पलाई झट्का
ट्रम्पलाई ह्वाइट हाउसमा बाइडेनले यसरी गरे स्वागत
ट्रम्पको पुनरागमनले बढ्यो चीनको चुनौती
रुसी राष्ट्रपतिले ट्रम्पलाई दिए मौखिक बधाई
ट्रम्पको कथा : एक क्यासिनो अपरेटर कसरी राष्ट्रपति बने ?