नेपाल क्यानडासँग चार विकेटले पराजित

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, ०७ : १७
नेपाल क्यानडासँग चार विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग नेपाल चार विकेटले पराजित भएको छ। प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पार्‍यो।

क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो रह्यो। पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे।

खेलको पहिलो ओभरको पहिलो र पाँचौ बलमा चौका प्रहार गर्दै साहले राम्रो सुरुआत गरेका थिए। दोस्रो ओभरको पहिलो बलमा एक रन लिएर आशिफले साहलाई स्ट्राइक दिए। साहले दोस्रो ओभरको दोस्रो, चौथो र अन्तिम बलमा छक्का प्रहार गरे।

नेपालले तेस्रो ओभरमा आशिफको एक चौकासहित छ रन बटुल्यो। चौथो ओभरमा एक चौथासहित नेपालको खातामा सात रन थपियो। पाँचौ ओभरमा आशिफले एक छक्का प्रहार गरे भने छैटौँ ओभरमा दुई चौकाको सहयोगमा १० रन बटुलेपछि नेपालले ‘पावरप्ले’मा नौ दशमलव ३३ रनरेटको औसतमा ५६ रन बनायो।

पावरप्लेपछि नेपालको रनको गति सुस्त भयो। सातौ ओभरमा जम्मा चार रन आयो भने आठौ ओभरमा एक चौकाको सहयोगमा छ रन थपियो। नवौँ ओभरमा जम्मा चार रन थपिँदा नेपालले विना विकेट ७० रन बनायो।

त्यसपछि नेपालले लय बिग्रियो। दसौँ ओभरको पहिलो बलमा हर्ष ठाकरले अनिल साहको विकेट लिए। त्यसपछि सोही ओभरमा नेपालले चार रन थप्यो। एघारौँ ओभरमा नेपालले दोस्रो विकेटका रुपमा आशिफलाई गुमायो। उनलाई साद विन जाफरले आउट गरे।

नेपालको विकेट झर्ने क्रम १२औँ ओभरमा पनि जारी रह्यो। कप्तान रोहित पौडेल व्यक्तिगत चार रनमा हर्ष ठाकरको सिकार भए। लगातार तीन ओभरमा १० रन जोड्दा तीन विकेट गुमाएको नेपाल त्यसपछि दबाबमा पर्‍यो। तेह्रौँ ओभरमा जम्मा दुई रन आयो भने १४औँ ओभरमा नेपालले कुशल मल्लका रुपमा चौथो विकेट गुमायो। मल्लले व्यक्तिगत चार रन बनाउँदा प्रवीन कुमारले आउट गरे।

प्रतिक्रिया दिनुहोस