काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले असोज १२ गते नख्खु खोलामा बाढी आएको बेला छानामा चढेर बसेका व्यक्तिलाई उद्धार गर्न सरकार पुगेको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बाढीले बगाएका ४ जना मध्ये २ जनाको उद्धार भएको र २ जना अझै बेपत्ता रहेको बताए ।
उद्धारको प्रतीक्षामा रहेकाहरूलाई उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको दाबी गरे । उनले भने-'अघि चित्रबहादुर केसीले बाहिर नख्खु खोलाको बारेमा सोध्नु भएको थियो, त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगेर रेस्क्यु गर्ने प्रयत्न गरेको हो ।
हेलिकप्टरबाट पनि उद्धार गर्ने कोसिस गरेको हो । सरकार त्यहाँ नपुगेको भन्ने हाेईन । म अहिले पनि सबै प्रमुख जिल्ला अधिकारीहरूको सम्पर्कमा छु ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘शिक्षा’ शक्तिशाली साधन होः गृहमन्त्री लेखक
पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तीव्र पारेका छौँ : गृहमन्त्री
गृहमन्त्री लेखकले गरे आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि ३ जिल्लामा आयोजना कार्यान्वयन इकाई खोल्दैछौँ : गृहमन्त्री लेखक
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक
विकास र समृद्धिका लागि दुई ठुला दलको सरकार बन्यो : गृहमन्त्री लेखक