प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, ०८ : ०६
प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिले १० दिनको समय दिएर प्रस्तावित न्यायाधीशहरु नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो । 

उनीहरुलाई न्यायाधीश पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित १० दिनभित्र सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिने मंगलबार प्रकाशित सूचनामा उल्लेख छ ।