काठमाडौँ । बाढीपहिरोबाट प्रभावितहरूको राहत कार्यलाई थप सक्रियताको साथ अगाडी बढाउन जनमत पार्टीले नेपाल सरकारसँग माग गरेको छ ।
बाढीपहिरोबाट प्रभावित नागरिकहरूलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न र राहत कार्यलाई थप सक्रियताको साथ अगाडी बढाउन जनमतले माग गरेको हो । जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले आइतबार विज्ञप्ति निकालेर व्यवस्थापनको कार्य युद्ध स्तरमा गर्न भनेका छन् ।
‘विपद् व्यवस्थापनको तयारीमा सरकार कमजोर देखिएको छ’, प्रवक्ता यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सतर्कता र उद्धारको तयारी कमजोर हुँदा देशका विभिन्न भू–भागमा बाढीपहिरो सँगै डुबानमा परि भएको ठुलो जनधनको क्षति प्रति जनमत पार्टीले गहिरो दुख व्यक्त गर्दै र मृत्यु भएकाहरू प्रति हार्दिक श्रद्धाञ्जली दिदैं नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ असोज २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु
बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि ७ लाख ७७ हजार सहयोग
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति
बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए