गण्डक ब्यारेजका छत्तीसै ढोका खुला

सफल खबर संवाददाता

शनिबार, १२ असोज २०८१, १३ : १७
गण्डक ब्यारेजका छत्तीसै ढोका खुला

नवलपरासी। अविरल वर्षाका कारण नारायणी नदीको जल सतह बढ्दै गए पछि गण्डक ब्यारेजका ३६ सै ढोका खुला गरिएको छ । शनिवार बिहान ११ बजे गण्डक ब्यारेजमा ४ लाख क्यूसेक पानीकाे बहाव मापन गरिएको छ ।

पानीको बहाव ३ लाख ५० हजार क्यूसेक पुग्नुलाई ब्यारेज प्रशासनले यस्तो स्थितिलाई खतराकाे तह मान्दै अलर्ट हुने गर्दछ । यसै बीच नारायणी नदीमा जलस्तर बढेसंगै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले सूचना जारी गरी आम नागरिकलाई नदी छेउ नजान र सुरक्षित रहन आग्रह गरेको छ ।

यद्यपि नारायणी नदीमा पानीकाे बहाव बढ्दै जाँदा गैडाकाेट २, कावासाेती १५, मध्यविन्दु २ नन्दपुर लगायत छेउका बस्तीमा जोखिम बढेको स्थानीयले बताएका छन् । त्यसैगरी अविरल वर्षाले जिल्लाका  कतिपय क्षेत्रमा पहिरो गई पहाडी सडक अवरुद्ध भए पछि खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस