जम्मु–कश्मीरमा विधानसभा निर्वाचनः बिहानैदेखि दोस्रो चरणको मतदान

सफल खबर संवाददाता

बुधबार, ०९ असोज २०८१, १५ : ०३
जम्मु–कश्मीरमा विधानसभा निर्वाचनः बिहानैदेखि दोस्रो चरणको मतदान

काठमाडौं। श्रीनगर–भारतको जम्मु–कश्मीरमा बुधवार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको छ ।विधानसभा चुनावका लागि बुधवार बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ ।

केन्द्र शासित प्रदेशका ६ जिल्लाका २६ निर्वाचन क्षेत्रका २३९ उम्मेदवारको भाग्यको फैसला गर्न बुधवार जारी निर्वाचनमा २५ लाखभन्दा बढी मतदाताले मतदान गर्नेछन् ।

 

 

 

यो चरणमा १३ लाख १२ हजार ७३० पुरुष, १२ लाख ६५ हजार ३१६ महिला र ५३ जना तेस्रोलिङ्गी गरी कुल २५ लाख ७८ हजार ९९ लाख मतदाताले मतदान गर्नेछन् । अन्तिम चरणको निर्वाचन अक्टोबर १ मा हुनेछ भने मतगणना अक्टोबर ८ मा हुनेछ ।

११ बजेसम्म २४.१० प्रतिशत मतदान

 

 

बिहान ११ बजेसम्म २४ दशमलव १० प्रतिशत मत खसेको छ । भारतीय निर्वाचन आयोगका अनुसार रियासीमा सबैभन्दा बढी ३३.३९ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम श्रीनगरमा ११.६७ प्रतिशत मतदान भएको छ ।

मतदानका क्रममा विभिन्न देशका वरिष्ठ कूटनीतिज्ञहरूको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बुधवार बडगाम र श्रीनगरलगायत विभिन्न मतदान केन्द्रहरूमा जम्मु र कश्मीरमा मतदान प्रक्रियाको अवलोकन गर्न पुगेको थियो ।

विदेश मन्त्रालयले अमेरिका, मेक्सिको, गुयना, दक्षिण कोरिया, सोमालिया, पनामा, सिंगापुर, नाइजेरिया, स्पेन, दक्षिण अफ्रिका, नर्वे, तान्जानिया, रुवान्डा, अल्जेरिया र फिलिपिन्सलगायत करिब १५ देशका कूटनीतिज्ञको प्रतिनिधिमण्डललाई आमन्त्रण गरेको थियो ।

मतदान केन्द्रको भ्रमणका क्रममा वरिष्ठ कूटनीतिज्ञहरूले जनता र मतदातासँग अन्तरक्रिया गरेका थिए । 

प्रतिक्रिया दिनुहोस