डेंगु नियन्त्रणका कार्यक्रम थप सक्रिय बनाउँदै काठमाडौँ महानगरपालिका

सफल खबर संवाददाता

बुधबार, ०९ असोज २०८१, १४ : ४५
डेंगु नियन्त्रणका कार्यक्रम थप सक्रिय बनाउँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ । काठमाडौँ महानगरपालिका डेंगु नियन्त्रणका कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

बर्षायाममा साउन, भाद्र, असोज र कात्तिक महिनासम्म यस रोगको सङ्क्रमण दर तीव्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा महानगरले डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ ।

अस्पताल जानुपरे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिन्छ । डेंगु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस