पाकिस्तानमा इशनिन्दाका संदिग्धको प्रहरीको गोली लागेर मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, १३ : २५
पाकिस्तानमा इशनिन्दाका संदिग्धको प्रहरीको गोली लागेर मृत्यु

कराँची । दक्षिण पाकिस्तानको प्रहरीले एक घटनामा सशस्त्र पुरुषलाई गोली हानेर मारेको छ । मृतक इशनिन्दाको आशंकामा प्रहरीले खोजिरहेको व्यक्ति भएको बिहीबार अधिकारीहरूले भनेका छन् । एकै हप्तामा यस्तो खालको यो दोस्रो घटना हो । मानव अधिकारकर्मीहरूले यो घटनाको निन्दा गरेका छन् ।

मृतकलाई प्रहरीले शाह नवाजको रुपमा पहिचान गरेको छ । यिनी सिन्ध प्रान्तको उमरकोट जिल्लामा डाक्टर थिए । इस्लाम धर्मका प्रवर्तक मोहम्मदको अपमान गरेको र सामाजिक सञ्जालमा इशनिन्दा सम्बन्धी कन्टेन्टहरू शेयर गरेको आरोप लागेपछि यिनी दुई दिनअघि देखि लुकेका थिए ।

स्थानीय प्रहरी प्रमुख नियाज खोसोले नवाज बुधवार राति झुक्किएर मारिएको बताएका छन् ।आफूहरूले सिन्धको मिरपुर खास शहरमा मोटरसाइकलमा गइरहेको समयमा रोक्न खोज्दा उनले रोक्नुको सट्टा उल्टै प्रहरीलाई गोली चलाएर भागेपछि प्रहरीले पनि गोली हानेको भनिएको छ ।

एक जना सन्दिग्ध मारिएको र अर्को एक जना भागेको प्रहरीले भनेको छ । गोली हानेपछि मात्रै प्रहरीले मृतक इशनिन्दाको आरोप लागेको डाक्टर भएको थाहा पाएको खोसोको दाबी छ ।

प्रतिक्रिया दिनुहोस