काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् ।
संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई संविधानले संरक्षण गरेको उल्लेख गरेका छन्।
दशकौं लामो सङ्घर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले पहिलो पटक निर्माण गरेको संविधानको संरक्षण गर्नु सबैको कर्तव्य भएको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले संविधानको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्ने जनाएका छन् । उनले जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु नहुने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र मस्तिष्कमा सल्बलाइरहेको जनाएका छन् ।
संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सबै नेपालीमा संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असोज २०८१, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ संविधान दिवसको अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता हुनुपर्छ : प्रधानमन्त्री ओली
भोलि राष्ट्रिय शिक्षा दिवस मनाइँदै, मूल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने
प्रधानमन्त्रीले कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आज सम्बोधन गर्ने