जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुँदै, ४३ वर्षीय शिन्जिरो पनि प्रतिस्पर्धामा

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, १५ : ४८
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुँदै, ४३ वर्षीय शिन्जिरो पनि प्रतिस्पर्धामा

काठमाडौँ। टोकियो– जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक अधिकारीले बुधवार बताएका छन् ।

सेप्टेम्बर २७ को आन्तरिक मतदानमा लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)का प्रमुख  फुमियो किशिदाको उत्तराधिकारीका रूपमा नौ उम्मेदवारमध्ये तीनजना अगाडि सरेका छन् ।

प्रतिस्पर्धीमध्ये कन्जरभेटिभ आर्थिक सुरक्षामन्त्री साने ताकाइची एलडीपीका पूर्वमहासचिव सिगेरु इशिबा र पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा शिन्जिरो कोइजुमी रहेका छन् । कन्जरभेटिभ एलडीपीले दशकौँदेखि संसदमा बहुमतसहित शासन गर्दै आएको छ  ।

संसदीय मामिलाका एलडीपी सांसद यासुकाजु हमादाले विपक्षी समकक्षीलाई नयाँ प्रधानमन्त्री चयन गर्न पार्टीले अक्टोबर –१ मा संसद सत्र बोलाउने योजना बनाएको बताएका छन् । विपक्षी पार्टीको स्वीकारोक्तिपछि सरकारले सोमवार औपचारिक रूपमा मिति घोषणा गर्ने जापानी सञ्चारमाध्यमले जनाएका छन् ।  

 

 

 

 

 

सन् २०२१ को अक्टोबरदेखि सत्तासिन किशिदाले मूल्य वृद्धि लगायतका काण्डपछि भएका समीक्षामा आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्कनमा आएको परिणामपछि किशिदाले गत महिना आफूले पदमुक्त हुने घोषणा गरेका थिए । 

चुनावमा एलडीपीका सांसदहरूले मतदान गरेपछि मतहरू पार्टी सदस्य र समर्थकको प्राथमिकताको आधारमा निर्धारण गरिनेछ ।जापानी सञ्चारमाध्यमले गरेको सर्वेक्षणमा तकाइची, इशिबा र शिन्जिरोलाई अगाडि राखेका छन् । ४३ वर्षीय शिन्जिरोले चुनाव जितेमा उनी जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्नेछन् भने एलडीपीको कन्जरभेटिभ मुखर राष्ट्रवादी तकाइची देशको पहिलो महिला नेता बन्नेछिन् ।