रास्वपाको राष्ट्रिय भेलामा आजदेखि समूहगत छलफल

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, ०९ : १५
रास्वपाको राष्ट्रिय भेलामा आजदेखि समूहगत छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आज पनि जारी छ । काठमाडौँको प्रज्ञा भवनमा मंगलवारदेखि सुरु भएको भेलामा १ हजार ५ सय बढी प्रतिनिधिहरू उपस्थित छन् ।

मङ्गलवार भेलामा प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका थिए । साथै मङ्गलवार नै कोषाध्यक्ष लिमा अधिकारी र देखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरेका थिए । अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन समेत पेस गरेका थिए । 

उपसभापति डा स्वर्णिम वाग्लेले नीति विचार प्रतिवेदन, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए।

आज भने प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । आज नै दलका नेताहरूले प्रश्नको उत्तर दिने र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस