रवि लामिछानेविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

सफल खबर संवाददाता

आइतबार, ०२ मंसिर २०८१, १८ : ४०
रवि लामिछानेविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौँ । सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौँबाट पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । पुर्जी जारी हुने २२ मध्ये रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् ।

प्रतिक्रिया दिनुहोस