कोशीका निवर्तमान मन्त्रीलाई म्याद थपका लागि अदालत लगियो

सफल खबर संवाददाता

मंगलबार, ०४ मंसिर २०८१, १६ : ३४
कोशीका निवर्तमान मन्त्रीलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

उनलाई यसअघि थपिएको ७ दिनको म्याद सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला सरकारी वकिलमार्फत म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराइएको हो ।

उनलाई अनुसन्धानका लागि प्रहरीले थप ६ दिनको म्याद मागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले बताएका छन् । जापानमा मानव तस्करी गरेको आरोपमा प्रहरीले उनलाई विराटनगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस