बारा । बाराको पथलैया जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
गएराति निजगढ–८ पूर्व–पश्चिम राजमार्गस्थित तामागढी गेट नजिक बा ६३ प ७३३० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सर्लाहीको धनकौल गाउँपालिका २ घर भएका ३७ को दिनेश साहको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४६ को किशोरी साह गम्भीर घाइते भएका छन्। उनको बयोधा अस्पताल वीरगन्ज उपचार भइरहेको प्रहरीले जनाएको छ।
निजगढबाट पथलैया तर्फ जाँदै गरेको मोटरसाइकल तीव्र गतिको कारण दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। मृतक साह मोटरसाइकल चालक हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु
कागजपत्र नभएका २५ वटा मोटरसाइकल बरामद
माडीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भिर घाइते, चालक फरार